काठमाडौ । आगामी बैंशाख १ गतेबाट इ–पेमेन्ट लागू हुने भएको छ । अर्थमन्त्रीको रुपमा सपथ गरेलगतै अर्थ मन्त्रालयमा कार्यभार सम्हादै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बैशाख १ गतेबाट इ–पेमेन्ट लागू गर्ने प्रस्ताव सदर गर्ने निर्णय गर्नुभएको हो ।
अर्थमन्त्रीको यो निर्णयपछि अब अनलाइनबाटै सेवाग्राहीले भुक्तानी गर्न पाउनेछन् । मन्त्री खतिवडाले आर्थिक विकासका लागि ५ बुदे प्रतिवद्धतापत्र पनि सार्वजनिक गर्नुभएको छ ।
अर्थतन्त्रमा संकट आइरहेको चर्चाका बीच खतिवडाले अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको हो ।

711 पटक हेरिएको 

