काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी जुत्ता, चप्पल मेलामा होलीको अवसरमा ५० प्रतिशतसम्म छुट दिइने भएको छ । गत बिहीबारबाट शुरु भएको जुत्ता चप्पल मेलामा नेपाली हरुको रंगको चाड होलीका अवसरमा आयोजकले ५० प्रतिशतसम्म छुटको घोषणा गरेको हो । मेला संयोजक प्रमोद महतोले हामीले प्रदर्शनीमा ५ सय भन्दा बढी नया मोडेलका जुत्ता चप्पलहरु राखेका छौ, ति सबै जुत्ता चप्पलमा यो अफर लागु हुने समेत बताउनुभयो ।

मेलामा केटिएम सुज, भेनस सुज, प्राइड स्वदेशी जुत्ता,फुट स्टेपस् सुज, हाइलाइफ फुट सुज, क्वालिटी शुज, शुभेक्छा शुज, शिद्धिविनायक फुटवेयर लगायतका ब्राण्डको जुत्ता, चप्पलहरु राखिएको छ । नेपालमा उत्पादित जुत्ताचप्पलको बजार विस्तार गराउने उद्देश्यले मेला आयोजना गरिएको भएता पनि ग्राहकले आफुहरुको जुत्ता अत्याधिक मन पराएको भेनस शुजका संचालक जिबन श्रेष्ठले बताउनुभयो । उहाले यहि अवस्था रह्यो भने उत्पादन भएका सबै जुत्ता चप्पल सकिने समेत बताउनु भयो ।

दश दिनसम्म सञ्चालन हूने प्रदर्शनीमा अहिले सम्म हजारौँ अवलोकनकर्ताहरुले अवलोकन गरेको र लाखौ रुपैयाको कारोबार भएको आयोजकले जनाएको छ । मेला फागुन १९ गते सकिदैछ ।


1037 पटक हेरिएको 

