काठमाडौं । सरकारले संयुक्त राष्ट्र संघले नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नति गराउन चाहेको प्रस्ताव विपरीत अल्पविकसित राष्ट्रमै रहने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वैदेशिक सहायता तथा व्यापारमा पनि सघाउ पुग्ने रणनीतिका साथ अल्पविकसितकै सूचीमा रहने निर्णय गरेको हो।
विकसित राष्ट्र हुनका लागि कुल राष्ट्रिय आय, मानवीय संसाधनको विकास र आर्थिक जोखिमको अवस्था गरी ३ सूचकांकमध्ये पछिल्ला २ सूचकांकमा नेपालको अवस्था सन्तोषजनक मानिन्छ।

332 पटक हेरिएको 

