सरकार र फोरम नेपालबीचको आजको वार्ता पनि निष्कर्षबिहिन

काठमाडौँ । संविधान संशोधन र सरकार विस्तारका विषयमा सहमति जुटाउन बसेको वाम गठबन्धन र संघीय समाजवादी फोरम नेपालबीचको बैठक निष्कषविहीन सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकमा फोरम नेपालले संविधान संशोधनमा लिखित सहमति गर्नुपर्ने अडान राखेपछि बैठक निष्कर्षबिहीन भएको हो । बैठकपछि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरुले राखेका मागमा कुनै सहमति नभएका जानकारी दिनुभयो ।

सरकारमा सहभागी हुन सहमत भएको फोरमले संविधान संशोधनमा लिखित सम्झौताको माग गरेको थियो । तर, एमालेले आवश्यक र औचित्यका आधारमा संशोधन गर्न सकिने भन्दै विषय किटान गरेर सहमति गर्न नहुने बताएपछि बैठक निष्कर्षमा पुग्न नसकेको बताइएको छ । फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले आन्तरिक छलफल गरेर पुनः सहमतिको प्रयास जारी रहने जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलगायतका नेता सहभागी थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार