काठमाडौँ । गौतम बुद्ध नेपालमा जन्मेका हुन’ भन्ने तथ्य सन्देश दिन शनिबार काठमाडौंको टुँडिखेलमा धम्मपद (बुद्ध वचन) वाचन कार्यक्रम गरिएको छ । कार्यक्रममा ७५ हजार मानिसले बिशेष पास लिएर बुद्ध वचन वाचन गरेका थिए । बुद्धका बारेमा फिजाईएका भ्रमहरुलाई मेट्नको लागि ७५ हजार मानिसले एउटै स्वरमा बुद्ध श्लोक वाचन गरेर विश्वलाई सुनाउन कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड समेत सहभागी हुनुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले शान्तिको प्रतिक बुद्धको जन्मथलो नेपालमा शान्तिका लागी आग्रह गर्नुभयो । अहिले पनि नेपालमा हिसांको बाटो रोज्न खोज्ने केहि मानिसहरु रहेको रहेको भन्दै उहाले शान्तिको बाटो अपनाउन आग्रह गर्नुभयो । उहाले शान्तिपूर्ण नेपाल निर्माणको लागी सबै एक हुनेबेला आएको धारणा राख्नुभयो ।
विश्व कीर्तिमान बनाउने प्रयासमा भगवान गौतम बुद्धको वचन ‘धम्मपद’ बाचन गरिएपनि गिनिज बुद्ध अफ दि वल्र्ड रेकर्डले मान्यता दिन बाँकी छ । ‘धेरै मानिस एकै ठाउँमा जम्मा भएर एकसाथ पढेको’ रेकर्ड अहिले भारतको नाममा छ ।

370 पटक हेरिएको 

