काँग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

काठमाडौँ । नेपाली काग्रेसका सभापति एवं संसदीय दलका नेता शेर वहादुर देउवाले वर्तमान सरकारको कामकारवाहीको बारेमा कडा आवाज उठाउने बताउनुभएको छ ।

सिंहदरबारमा सोमबार बसेको काग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दे देउवाले एमाले नेतृत्वको सरकार गठनको केहि दिनमै प्रतिपक्षीमाथि हस्पक्षेप भएको भन्दै सदनमा कडा आवाज उठाउने बतानुभएको हो ।

उहाले वर्तमान सरकारको सय दिने हनिमुन अवधीको कार्य पनि पर्खन नसक्ने निर्णयमा प्रतिपक्षी काग्रेस पुगेको उल्लेख गर्नुभयो ।

संसदीय दलको बैठकमा देउवाले कांग्रेसको संसदीय दलको उपनेतामा विजयकुमार गच्छेदार चयन गर्नुभएको छ । गच्छेदार प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अगाडि कांग्रेसमा प्रवेश गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार