काठमाडौँ । कान्तिपुर विरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दालाइ पाँच सदस्यीय बृहत पूर्ण इजलासमा सुनुवाइमा पठाउन सर्वोच्च अदालतले अादेश दिएको छ ।
न्यायाधीश डम्बरबहादुर शाही र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले मंगलबार कान्तिपुर टोलीसँग बयान सकेपछि विषयको संवेदनशीलतालाई हेर्दै वृहत्तर दायरामा हेरिनु पर्ने भएकाले बृहद पूर्ण इजलासमा पठाउन आदेश गरेको हो ।
यसअघि कान्तिपुरका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया, प्रधान सम्पादक सुधीर शर्मा र संवाददाता कृष्ण ज्ञवालीसँग बयान लिएको थियो । निर्देशक स्वस्तिका सिरोहियाको भने आइतबारै बयान सकिएको थियो।