संघ र एशोसिएसन बिच एकीकरण, बायोमेट्रिक र गाम्काको सिण्डिकेटलाई अन्त्य गर्ने उद्घोष

२२ काठमाडौं  ।  विदेशिने नेपाली कामदारको स्वास्थ्य परिक्षण गर्ने व्यवसायीहरुको दुईवटा छाता संगठन नेपाल बैदेशिक रोजगार मेडिकल एशोसियसन र नेपाल मेडिकल व्यवसायी संघ विच एकीकरण भएको छ ।

दुवै संस्थाले मंगलवार  काठमाडौंमा संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरी एकीकरणको घोषणा गरेका हुन् ।

एकीकरण पछि संघका अध्यक्ष सिताराम रेग्मीले विभिन्न देशमा जाने नेपाली कामदारको स्वास्थ्य परिक्षणमा भईरहेको सिन्डिकेटलाई मिलेर अन्त्य गर्न बताउनुभयो । उहाले बायोमेट्रिक, गाम्काले मच्चाईरहेको लुटलाई समेत परास्त गर्ने उद्घोष गर्नूभयो ।

एकीकरण कार्यक्रममा एशोसियसनका अध्यक्ष खड्गबहादुर श्रेष्ठले सरकारले इजरायल, दक्षिण कोरिया जाने कामदारको स्वास्थ्य परिक्षणमा आफुहरुलाई विभेद गरेको भन्दै आपती जनाउनुभयो । उहाले सरकार आफै सिन्डिकेट पक्षधरहरुसंग साँठगाँठ गरिरहेको छकी भन्ने छनक पाएको बताउनुभयो ।

एकीकृतपछि दुबैजना अध्यक्ष रहने र हाल कार्यसमितिको अध्यक्षमा  सिताराम रेग्मी रहने छन् ।

त्यसैगरि उपाध्यक्षहरुमा माधव गौतम, विश्व शेरचन, महासचिवमा जय गुरुङ, सचिवमा नवराज पौडेल, कोषाध्यक्ष दिबाकर गौतम, सदस्यहरु लक्ष्मी श्रेष्ठ, खगेन्द्र कुमार सिंह, दिपक बाबु थापा, पम्फा श्रेष्ठ, हिराकुमारी श्रेष्ठ, सुर्यनारायण यादव, बेगम महरा, बाबिम राई, यमबहादुर तामाङ्, राजेन्द्र कुमार चौधरी र रमण गुरुङ रहने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार