स्कटल्याण्डसँग पनि नेपाल पराजित

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत समूह ‘बी’को खेलमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ।

यसअघि पहिलो खेलमा जिम्बावेसँग १ सय १६ रनले पराजित भएको नेपाल जिम्बावेको बुलावायो मैदानमा भएको खेलमा स्कटल्यान्डसँग ४ विकेटले पराजित भएकाे हाे ।

नेपालले दिएको १ सय ५० रनको सामान्य लक्ष्य स्कटल्यान्डले ४१.३ ओभरमा ६ विकेटको क्षतिमा पार गर्‍यो।

स्कटल्यान्डका लागि कप्तान केल कोइट्जरले नटआउट ८८ रनको योगदान दिए। बलिङतर्फ नेपालका बसन्त रेग्मी र सन्दीप लामिछानेले २–२ विकेट लिए। ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट हात पारे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४७.४ ओभरमा १ सय ४९ रनमा अलआउट भयो।

खेलमा नेपालका लागि कप्तान पारसले सबैभन्दा बढी ६३ रन जोडे। स्कटल्यान्ड विरुद्ध बसन्त रेग्मीले नटआउट २४ रन जोडे। ओपनर ज्ञानेन्द्र मल्ल दोस्रो ओभरको पहिलो बलमै १ रनमा आउट भए। अर्का ओपनर दिलीप नाथ पनि ४ रन बनाएर आउट भए। यस्तै दीपेन्द्रसि‌ंह ऐरी १ रन, र शरद भेषावकर शून्य रनमा अाउट भए।

यसैगरी,‍ आरिफ शेख २ रन, सोमपाल कामी १८ रन र रोहितकुमार पौडेल १५ रन र सन्दीप लामिछानेले ६ रन बनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार