विश्वकप छनाैट क्रिकेटः नेपाल तेस्राे खेलमा पनि पराजित सुपर सिक्समा पुग्ने सम्भावना लगभग सकियो

काठमाडौं । आइसिसी विश्वकप छनोट प्रतियोगितामा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएकाे छ । याे हारसँगै नेपालको सुपर सिक्समा पुग्ने सम्भावना लगभग सकिएको छ।

समुह चरणमा एउटा मात्रै खेल खेल्न बाँकी रहेका बेला नेपालले अब हङकङलाई भारी अन्तरले पराजित गर्दै अफगानिस्तान र हङकङलाई रनरेटमा पछि पार्न सके मात्रै सम्भावना कायम रहन सक्छ । तर यो समिकरण कठिन हुने पक्का छ।

नेपालले दिएको १ सय ९५ रनको लक्ष्य अफगानिस्तानले ३८.४ ओभरमा ४ विकेटको क्षतिमा पार गरेर जित हात पारेको हो। नेपाललाई पराजित गर्ने क्रममा अफगानिस्तानका लागि नाजिबुल्लाह जार्डानले नटआउट ५१ रन जोडे। उनले ४७ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।

यसअघि जिम्बावेको बुलावायो एथलेटिक मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल १ बल बाँकी छँदा १ सय ९४ रनमा अलआउट भयो।

नेपालका लागि कप्तान पारस खड्काले उत्कृष्ट ब्याटिङ गरे। पारसले ७५ रन जोडे । यस्तै ज्ञानेन्द्र मल्ल २३ रन, अनिलकुमार साह ७ रन र दीपेन्द्रसिंह ऐरीले ३२ रनको योगदान दिए।

आरिफ शेखले २३ रन बनाउँदा सोमपाल कामी ९ र रोहितकुमार पौडेल १ रनको झिनो स्कोरमा आउट भए। ७ बल मात्रै खेलेका करण केसीले १ छक्का प्रहार गर्दै ६ रनमा आउट भए। सन्दीप लामिछाने र ललित राजवंशीले खाता खोल्न सकेनन्। बसन्त रेग्मीले नटआउट ९ रन जोडे।

बलिङतर्फ अफगानिस्तानका मोहम्मद नाबीले ४ विकेट लिए। कप्तान रसिद खानले ३ विकेट हात पारे। सापूर जार्डानले २ विकेट लिए। मुजिव उर रहमानले १ विकेट हात पारे।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार