काठमाडौँ, २६ फागुन । राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने निर्णय गरेका छन् ।
आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिँदा आफूहरुले पक्षमा मतदान गर्ने पार्टीका अध्यक्ष मण्डलका एकजना सदस्यले जानकारी दिए ।
उनले संविधान संशोधनमा र प्रतिनिधिसभा सदस्यमा निर्वा्चित रेशम चौधरीको मुद्दाका विषयमा पनि सरकारसँग सकारात्मक छलफल भइरहेको जानकारी गराए ।

412 पटक हेरिएको 

