स्वास्थ्य अबस्था सुधार नभएपछि रेशम चाैधरीलाइ काठमाडाैँ ल्याइदै

धनगढी । कैलाली कारागारमा अनसनरत रेशम चाैधरीकाे स्वास्थ्यमा सुधार नआएपछि काठमाडौं रिफर  गरिएको छ ।

गत फागुन २० गतेदेखि कैलाली कारागारमा आमरण अनशन बसेका चोधरी लगायतका थुनुवाहरुको स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार सेती अञ्चल अस्पताल लगिएको थियो । तर उनको स्वास्थ्यमा सुधार नआएपछि अस्पतालले चौधरीलाई काठमाडौं रिफर गरेको छ ।

अनशनकारीहरूले रेशम चौधरीलाई प्रतिनिधिसभा सदस्यमा जितको प्रमाणपत्रसंगै शपथ ग्रहण गराउनुपर्ने, पुर्पक्षका लागि कारागारमा रहेका थुनुवाहरूलाई रिहा गर्नुपर्ने र थरुहटको माग सम्बोधन गर्नुपर्ने माग राखेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार