अाेलीले पाए विश्वासकाे मत, काँग्रसमात्रै प्रतिपक्षी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाइ विश्वासको मत प्राप्त गर्नुभएको छ ।

संसदमा रहेको २ सय ७५ जनामध्ये आईतबार २ सय ६८ जना उपस्थित थिए । प्रधानमन्त्री ओलीले २ सय ८ मत पाउनुभएको हो । विपक्षमा ६० मत खसेको छ । समर्थनमा रहेका र विपक्षमा रहेका सांसदहरुले मतबिभाजका आधारमा मत जाहेर गरेका थिए ।

प्रधानमन्त्री ओलीलाई माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका साथै, स्वतन्त्र सांसद छक्कबहादुर लामा, जनमोर्चाकी दूर्गा पौडेल, राप्रपाका राजेन्द्र लिङदेन लगायतको समर्थन रहेको छ । सभामुख कृष्णबहादुर महराले आउँदो चैत्र २ गते उपसभामुखको चुनाव हुने सूचना सुनाउँदै आईतबारको संसद बैठक स्थगित भएको घोषणा गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार