काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने क्रममा संसदमा उठेका प्रश्नहरुको जवाफ दिँदै आफूले सरकारका लक्ष्य, उद्देश्य, नीतिलगायतबारे स्पष्ट पारिसकेकाले अधिकांश सांसदहरुले आफूलाई विश्वासको मत दिने निर्णय गरेकामा धन्यवाद दिनुभएको छ । उहाले अहिलेको सरकारले लोकतन्त्र मार्दैन भन्ने सबैलाई स्पष्ट हुनुपर्नेसमेत बताउनुभयो । ओलीले लोकतन्त्र मासिने भन्ने चिन्ता कोही कसैले नराख्न आग्रह गर्नुभयो ।
उहाले संविधान असंशोधनीय दस्तावेज नभएको आफूले पटकपटक भनेको उल्लेख गर्दै समयको माग र औचित्यका आधारमा संविधान संशोधन हुनेसमेत बताउनुभयो । ओलीले दम्भ प्रदर्शन गर्न नभई सबैको सहकार्य देखाउन समर्थन मागेको पनि आग्रह गर्दे आफू सबैको प्रधानमन्त्री भएको पनि स्मरण गराउनुभयो ।
प्रधानमन्त्री ओलीले आफू परिणाममा विश्वास गर्ने उल्लेख गर्दै देशका जनताको अवस्थामा परिवर्तन आउनुपर्ने बताउनुभयो ।

386 पटक हेरिएको 

