विमान दुर्घटनामा ४९ जनाको मृत्यु, २२ जना घाइते

काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज युएस बंगलाको विमान दुर्घटना ह“ुदा सा“झ ६ बजेसम्मको अपडेटमा ४९ यात्रुको मृत्यु भएको छ ।

बंगलादेशको राजधानी ढाकाबाट आएको विमान विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना हु“दा ४९ जनाको मृत्यु भएको विमानस्थलले जनाएको छ । विमानमा ३३ जना नेपाली पनि सवार रहेका थिए । घटनामा परेका ७१ जना मध्ये २१ जनाको अहिले काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । यात्रीहरूमध्ये २ बालबालिका, २८ जना महिला र ४१ जना पुरुष यात्री रहेको पनि विमानस्थलले जनाएको छ । विमान अवतरण गर्नेक्रममा ‘ओभरसुट’ भइ दुर्घटना भएको बताइएको छ । घटनापछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवानहरु र विमानस्थलका अग्नि नियन्त्रकहरु उद्धारमा जुटेका थिए ।

विमान सोमबार दिउँसो २ बजेर १९ मिनेटमा विमानस्थलमा दुर्घटना भएको हो । दुर्घटनापछि प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा लगायतका उच्च पदस्थ व्यक्ति घटनाबारे जानकारी लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल पुगेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार