काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत नेपालले हङकङलाई ५ विकेटले पराजित गरेको छ।
लगातार ३ खेलमा पराजित भएको नेपालले सोमबार हङकङलाई पराजित गरेसँगै एकदिवसीय मान्यता पाउने आसा बढेको छ।
हङकङले दिएको १ सय ५४ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा ४०.४ ओभरमा पार गर्यो।
खराब सुरुवात गरेको नेपालको जितमा रोहित कुमार पौडेल र सोमपाल कामीले पाँचौ विकेटका लागि ८९ रनको महत्वपुर्ण साझेदारी गरे। रोहितले नटआउट ४८ रन बनाए भने सोमपाल कामीले नटआउट ३७ रन जोडे।
पहिलो विकेटका लागि ४१ रनको साझेदारी गरेको नेपालले ६६ रन बनाउँदा ५ विकेट गुमााउँदा नेपाल दबाबमा आएको थियो।
पहिलो विकेटका लागि ४१ रनको साझेदारी गरेका अनिल कुमार साह २६ रनमा आउट भए। अर्का ओपनर ज्ञानेन्द्र मल्ल ३१ बल खेलेर १२ रन मा पेभिलियन फर्के। यस्तै कप्तान पारस खड्का ११ रन, आरिफ शेख २ रन र दीपेन्द्रसिंह ऐरी पनि १२ रनमा आउट भए।
त्यअघि बुलावायो मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङ ४८.२ ओभरमा १ सय ५३ रनमा अलआउट भयो।
हङकङलाई सामान्य योगफलमा रोक्ने क्रममा नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए। बसन्त रेग्मी र करण केसीले २–२ विकेट लिए। सोमपाल कामी र ललित राजवंशीको १-१ विकेट लिए ।

472 पटक हेरिएको 

