काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले कायम मुकायम प्रधानन्यायाधीशकाे कार्यभार सम्हालेका छन्।
कार्यभार सम्हाल्दै उनले बिहीबारका लागि मुद्दाको पेशी समेत तोकेका छन्। कायममुकायम प्रधानन्यायाधीश जोशीले आफ्नो एकल इजलाससहित १० वटा इजलास तोकेका छन्।
न्याय परिषद् सचिवालयले बुधबार प्रधानन्यायाधीश पराजुलीलाई अवकाश पत्र थमाएपछि जोशीले कायम मुकायमको जिम्मेवारी सम्हालेका हुन् ।

450 पटक हेरिएको 

