धनगढी । कैलालीको घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममताप्रसाद चौधरीमाथि गोली प्रहार भएको घटनामा संलग्न रहेको आरोपमा ४ जनालाइ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनगढीले पत्रकार सम्मेलन गरी राष्ट्रिय युवा जनस्वयंसेवक संगठनका अध्यक्ष कमल क्षेत्री (पवित्र), घोडाघोडी नगर सेक्रेटरी भरत शाह, टीकापुर नगर सेक्रेटरी हृदय बोगटी र धनगढी युवा नगर इञ्चार्ज पूर्णप्रसाद खनाललाई पक्राउ गरेको थियो । बिहीबार धनगढी उपमहानगरपालिका–१, नैनादेवी चौकबाट विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता सागर देउवा (विक्रान्त)लाई समेत पक्राउ गरेको हो।
उनीहरु विरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

435 पटक हेरिएको 

