पपुवा न्युगिनि १ सय १४ रनमै अलअाउट, नेपालकाे उत्कृष्ट बलिङ

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत प्लेअफमा पपुवा न्युगिनीले नेपाललाई १ सय १५ रनको लक्ष्य दिएको छ।

जिम्बावेको हरारेस्थित हरारियन स्पोर्ट्स क्लबमा नेपालले टस जितेर पहिले फिल्डिङ गरेकाे नेपालले २७.२ ओभरमा १ सय १४ रनमै अलआउट गरेकाे हाे ।

नेपालका लागि सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान ४-४ विकेट लिए।  करण केसी र सोमपाल कामीले १–१ विकेट हात पारे।

खेलमा जित हात पार्ने टिम एकदिवसीय मान्यता नजिक पुग्नेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार