काठमाडौं । प्रधानन्यायाधीश गाेपाल पराजुलीले पदबाट राजीनामा दिएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई पदबाट अलग भएको पत्र बुझाएर पराजुली अपराह्न शीतल निवासबाट बाहिरिएका छन्।
राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले सुरक्षित अवतरणको बाटो रोज्न आज बिहान दिएको सुझावपछि उनले राजीनामा बुझाएका हुन् ।

507 पटक हेरिएको 

