काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत प्लेअफमा नेपालले पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गरेको छ । न्युगिनीले दिएको १ सय १५ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा २३ ओभरमा पार गर्यो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४ चाैका र ३ छक्काकाे सहयाेगमा नटआउट ५० रन जोडे। यस्तै रोहितकुमार पौडेलले नटआउट ३ रन जोडे। त्यस्तै आरिफ शेखले २६ रन, ओपनरद्वय ज्ञानेन्द्र मल्ल १ रन र अनिल साह ९ रन बनाए ।
कप्तान पारस खड्का सातौं ओभरमा २० रन बनाएर आउट भएपछि नेपाल दबाबमा परेको थियो।

403 पटक हेरिएको 

