काठमाडौं । नेपाली क्रिकेटले अहिलेसम्मकै ठूलो सफलता अर्थात् अन्तर्राष्ट्रिय क्रिकेट काउन्सीलले दिने एकदिवसीय मान्यता हात पारेको छ ।
जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटको प्ले अफमा पपुवा न्यूगिनीलाई ६ विकेटले हराएको नेपालले एकदिवसीय मान्यता पाउन अर्को प्ले अफमा नेदरल्यान्डले हङकङलाई पराजति गर्नुपर्थ्यो ।
अर्को प्लेअफ म्याचमा नेदरल्याण्डले हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालको एकदिवसीय मान्यता पक्का भएको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २ दशकमा नेपालले प्राप्त गरेको यो सबैभन्दा ठूलो सफलता हो ।
अब नेपालले ४ वर्षका लागि अर्थात् २०२२ सम्मका लागि एकदिवसीय मान्यता पाएको हो ।
पपुवा न्युगिनी र हङकङले भने एकदिवसीय मान्यता मात्रै गुमाएनन् डिभिजन–२ मा झरेका छन् ।

697 पटक हेरिएको 

