बंगला एयर दुर्घटनामा ज्यान गुमाएकाको शव ढाका लगियो

काठमाडाैँ । काठमाडाैँमा गतसाता भएको एयर बंगला विमान दुर्घटनामा परी निधन भएका बङ्गलादेशी नागरिकहरुको शव सोमबार स्वदेश लगिएको छ ।  विमान दुर्घटनामा परेका २३ जनाको शव सामुहिक शवयात्रा गराउने तयारी समेत भइरहेको छ ।

बङ्गलादेशको वायु सेनाको मालवहाक विमानबाट बंगलादेश लगिएका शवहरु हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएकेा हो ।  राजधानी ढाकामा रहेको सो विमानस्थलमा उक्त विमान स्थानीय समय अनुसार दिउसो साढे ४ बजे अवतरण गरेको थियो ।

विमानस्थलमा शव ल्याएका बेला सत्तारुढ दल अवानी लिग पार्टीका महासचिव तथा सडक यातायात मन्त्री ओबैडुल क्वेडर विमानस्थलमा पुगेका थिए । विमानका चालक अबिद सुल्तान, सहचालक प्रिथुला राशिद र टोलीका सदस्यहरू खवाजा हुसेन मोहम्मद शाफी र शर्मिन अक्टेर नाविला लगायतका रहेका छन् ।

बङ्लादेशको निजी विमान कम्पनी युएस बङ्लादेश एयरलाइन्सको विमान गतसाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा ५१ जनाको मृत्यु भएको थियो । विमानमा कुल ७१ जना यात्रु रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार