काठमाडौं । नेपाललाई एकदिवसीय मान्यता दिलाएर स्वदेश फर्किएको नेपाल टोली सोमबार स्वदेश फर्किएको छ । नेपाली क्रिकेट टोलीलाइ विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
विमानस्थलमा क्रिकेट टोलीका कप्तान पारस खड्काले खेलाडीहरुले आफ्नो जिम्मेवारी पूरा गरेकाे भन्दै अब खेलाडीसँगै क्रिकेट पदाधिकारी र देशमाथि नै जिम्मेवारी रहेको प्रतिक्रिया दिए ।

उनले विमानस्लमा भने– ओडीआई स्टाटस पाएका छौं तर काम गर्नु पर्ने धेरै छ । घरेलु क्रिकेटको संरचना, भौतिक पूर्वाधार, खेलाडीहरुको हेरचाह लगायतमा प्रफेसनल सेटअप गर्नैपर्छ ।’
नेपाली टोलीका कप्तान पारसले भने, धेरै वर्षदेखिको सपना पुरा भएको भन्दै नेपाली टोलीका एउटा सपना पुरा भएसँगै अर्को सपना देख्न थालेको छ, त्यो हो ५० ओभरको विश्वकप ।

1004 पटक हेरिएको 

