मेयरविरुद्ध उपमेयर अनशनमा

जनकपुर । आफ्नै मेयरविरुद्ध आमरण अनशनमा बसेकी हंसपुर नगरपालिकाकी उपमेयर रेणु झाको स्वास्थ्य अवस्था बिग्रेपछि अस्पताल भर्ना गरिएको छ । दुई दिनदेखि अनशन बसेकी उपमेयर झालाई सोमबार जनकपुर अञ्चल अस्पताल भर्ना गरिएको हो ।

हंसपुर नगरपालिकाको केन्द्र सार्ने विषयमा मेयर रामज्ञान मण्डल र उपमेयर झाबीच विवाद भएपछि कार्यालयमा तालाबन्दी भएको छ । बघचौडामा रहेको नगरपालिका कार्यालय मेयर मण्डलले अन्यत्र सार्न लागेको भन्दै उपमेयर झाले विरोध जनाएकी हुन् ।

नगरपालिका मेयर र उपमेयर दुवै राजपा नेपालका हुन् । मण्डलले आफूलाई जानकारी नै नदिई विशेष नगरसभा बोलाउने तयारी गरेको उपमेयरको आरोप छ । बाघचोडमा रहेको नगरपालिकाको कार्यालयलाई अन्य स्थानमा सार्न खोजेको भन्दै झाले अनशन थालेकी हुन् ।

उपमेयर झाले केही दिनअघि मेयरबाट आफूमाथि असुरक्षा रहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन नै दर्ता गराएकी छिन् ।

नयाँ पत्रिकामा खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार