भ्रष्टाचार अारोपमा यातायात कार्यालयका ३ जनाविरूद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय बागमती सुकेधाराका कार्यालय प्रमुख सुन्दर भट्टराई सहित तीन जना कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

विदेशका ८ सय ८५ वटा सवारीचालक अनुमतिपत्रलाई ५० लाख ४ हजार ८ सय ५०  रुपैयाँमा नेपालीकरण गरिएको अभियोगमा उनीहरूविरूद्ध मुद्दा दायर भएको हो ।

घुस लिएर नेपालीकरण गरेको अभियोगमा प्रमुखसहित शाखा अधिकृत यामलाल ढकाल र नायव सुब्बा यादव पौडेललाई समेत भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार