दरबारमार्ग बलात्कारकाण्डका प्रमुख अभियुक्त २ महिनापछि पक्राउ

काठमाडौं। दरबारमार्गको होटल ल्याण्डमार्कमा एक युवतीलाई सामूहिक बलात्कार गरेकाे अाराेप लागेका एक युवक २ महिनापछि पक्राउ परेका छन् । फरार रहेका शैलेश कार्कीलाई मंगलबार प्रहरीले दरबारमार्गबाटै पक्राउ गरेको हो ।

गत माघ ७ गते ल्याण्डमार्क होटलमा चार युवकले एक किशोरीमाथि बलात्कार गरेका थिए। पक्राउ परेका कार्की पीडित युवतीका प्रेमी हुन्। प्रेमिकालाई मदिरा पिलाएर उनले बलात्कार गर्न लगाएका थिए ।

घटनामा संलग्न विकास गौतम, दीपक श्रेष्ठ र रबि पौडेल फरार छन् । घटनामा फरार रहेका अन्य अभियुक्तहरुको खोजी भइरहेको काठमाडौं प्रहरीले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार