प्रदेश प्रमुखहरूलाइ प्रधानमन्त्री अाेलीले निर्देशन दिँदै भने– असफल हुने छुट छैन

काठमाडाैँ । प्रदेश मुख्यमन्त्री निर्वाचित भएपछि पहिलोपटक प्रधानमन्त्री ओलीले सबै प्रदेशका मुख्यमन्त्रीहरुलाई बोलाएर विकासका लागि प्रदेशहरुका बिचमा प्रतिस्पर्धा गर्न निर्देशन दिएका हुन् । ७ वटै प्रदेशका मुख्यमन्त्री र प्रदेश सचिवहरुलाई एकै ठाउँमा राखेर प्रधानमन्त्रीले ओलीले प्रदेश सञ्चालनमा देखिएका समस्याका विषयमा समेत जानकारी मागेका छन् । प्रदेश सञ्चालनमा देखिएका समस्या समाधान गर्न स्वेतपत्र ल्याउने तयारी सरकारको छ ।

छलफलमा सहभागी प्रदेश प्रमुखहरुले कानून, स्रोत साधनदेखि कर्मचारी समेत अभाव हुँदा काम गर्न समस्या भएको बताएका छन् । उनीहरुले तत्काल कर्मचारी व्यवस्थापन गरी प्रदेश सरकार सञ्चालनमा सहज बनाइदिन माग गरेका छन् ।

प्रदेशमा मुख्यमन्त्री निर्वाचित भएको २ महिना पुग्नै लाग्दा बुधबार पहिलोपटक सरकारले प्रदेश सरकार सञ्चालनमा देखिएका समस्याका विषयमा केन्द्र सरकारले छलफल शुरु गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार