बन्धक बनाएर १३ दिनसम्म बलात्कार गर्ने ५ जना पक्राउ

काडमाडौ । ललितपुरको हरिसिद्धीमा १५ वर्षीया बालिकालाई बन्धक बनाएर बलात्कार गरेको अभियोगमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसर बुधबार पक्राउ परेकालाई सार्वजनिक गरेको हो । बलात्कारको आरोपमा रिङ रोडमा चल्ने २ वटा बसका चालक र सह चालक पक्राउ परेका हुन् ।

घटनामा संलग्न भोला तामाङ, चन्द्र बहादुर सापकोटा, सन्तोष घिमिरे, दिवस गड्तौला र सुदिप वजगाई समेत ५ जनालाई पक्राउ गरी जबरजस्ती करणी मुद्दामा अनुसन्धान भई रहेको प्रहरी परिसरका एसएसपी विश्वराज पोखरेलले जानकारी दिनुभयो ।

बालिका फागुन १७ गते बल्खुबाट हराएकी थिइन् । छोरी हराएपछि उनको आमाले प्रहरीमा निवेदन दिएकी थिईन । फागुन २८ गते स्वयम्भुमा फेला परेपछि बालिका कराउने तर्सने, बरबराउने गरेपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको उहाले जानकारी दिनुभयो । त्यस्तै अनुसन्धानपछि बालिका बलत्कृत भएको ठहर गरेपछि अभियुक्त पक्राउ परेको उहाले बताउनुभयो ।

पक्राउ गरेका व्यक्तिहरुले पिडितलाई ललितपुर हरिसिद्दी स्थित कोठामा लगी ६ दिनसम्म भाग्न उम्कन नदिई कोठामा बन्धक बनाएर राखेका थिए । त्यस्तै उनीहरुले साथीको ग्यारेजमा पिडितलाई पुराई त्यहा पनि बलत्कार गरेको प्रहरी अनुसन्धानले देखाएको छ । २८ गते पिडितको स्वास्थ्य अबस्था बिग्रदै गएपछि गर्भ निरोधक औषधि र २ सय ५० रुपैयाँ दिई उनीहरुले स्वयम्भुमा लगेर बालिकालाइ छाडिदिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार