प्रधानमन्त्रीको सचिवालयका सदस्य घटाउने सरकारकाे निर्णय

काठमाडौं । मन्त्रिपरिषदले प्रधानमन्त्रीको सचिवालयका सदस्यको संख्या कटौती गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी खर्चमा कटौती गरी आर्थिक मितव्ययिता अपनाउने भन्दै प्रधानमन्त्रीको सचिवालयमा रहने सदस्य घटाउने निर्णय गरेको हो ।

प्रधानमन्त्रीको सचिवालयमा यसअघि ४७ जनासम्म सदस्य रहने गरेकोमा घटाएर २८ जना कायम गरिएको हो । त्यस्तै, प्रधानमन्त्रीले सरकारलाई सुझाव दिन ५ समिति बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले राजनीतिक, प्रशासनिक, सामाजिक, आर्थिक तथा पूर्वाधार र विधेयक समिति निर्माण गर्ने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार