काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट शुरु भएको छ । परीक्षामा चार लाख ८५ हजार ५ सय ८६ विद्यार्थीहरु सहभागी छन् ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ छन् भने एक्जाम्टेडतर्फ २४ हजार ७१ जना परीक्षार्थी सहभागी छन् । ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षा परीक्षा चैत २० गते सकिने छ ।
१० वर्षपछि नयाँ पाठ्यक्रम लागू गर्दै अनिवार्य विषयतर्फ गणित बाहेक सबैमा प्रयोगात्मक परीक्षा हुने भएकाले यस पटकको परीक्षा विशेष हुने बताइएको छ ।

375 पटक हेरिएको 

