संसदको नियमावली बनाउने काम शुरू

काठमाडौँ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको पहिलो बैठकले नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेललाई सर्वसम्मत रुपमा सभापतिमा चयन गरेको छ ।

सभापतिमा चयन पोखरेलले एक महिनाभित्र काम सम्पन्न गर्नुपर्ने जिम्मेवारी समितिले पाए पनि १० दिनभित्रै सम्पन्न गर्नेगरी कामलाई तीव्रता दिइने बताए ।

पाँच वर्ष प्रतिनिधिसभाले गर्ने क्रियाकलाप, निर्णय प्रक्रिया, संसदले प्रतिनिधिसभामा निभाउनुपर्ने भूमिका, आचारसंहिता, सभामुख, उपसभामुखको निर्वाचनका विषय, विभिन्न विषयगत समिति निर्माण गर्नेसम्बन्धी खाका समितिले तयार पार्नेछ ।

१३ सदस्यीय समितिमा एमालेका पाँच, नेपाली काँग्रेसका तीन, नेकपा (माओवादी केन्द्र) का दुई, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी र नेपाल मजदुर किसान पार्टीका एक/एक जना सदस्य छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार