माअोवादीले गर्याे नेताहरूकाे जिम्मेवारी हेरफेर

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश इञ्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको छ । पार्टी हेडक्वार्टरको शनिबार बसेको बैठकले  प्रदेश १ का इञ्चार्ज गोपाल किराँतीलाई पार्टीले कारबाही गरेको र केही प्रदेशका इञ्चार्ज मन्त्री बनेकाले जिम्मेवारी हेरफेर गरेकाे हाे ।

राँती हटेपछि प्रदेश १ को इञ्चार्जको जिम्मेवारी राम कार्कीले पाएका छन् । यस्तै २ नम्बर प्रदेशका इञ्चार्ज मात्रिका यादवकाे सट्टा विश्वनाथ साहलाई ल्याइएको छ ।

प्रदेश ३ मा हितमान शाक्य, प्रदेश ४ मा हितराज पाण्डे , प्रदेश ५ को इञ्चार्जमा मणि थापा, कर्णाली प्रदेशमा जनार्दन शर्मा र प्रदेश ७ को इञ्चार्जमा भने लेखराज भट्टलाइ जिम्मेवारी दिइएकाे हाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार