एजेन्सी। भारतीय जनता दल (आरजेडी) का सर्वोच्च नेता लालु प्रसाद यादवलाई चौँथो चारा घोटाला काण्डमाथिको मुद्दामा दोषी ठहर गर्दै १४ बर्ष जेल सजाय र ६० लाख भारतीय रूपैँया जरिवाना गर्ने निर्णय भारतीय केन्द्रीय अनुसन्धान विभाग, विशेष अदालतले सुनाएको छ ।
उनी सन् १९९० तिर सत्तामा रहेका समय दुम्का राज्यकोषबाट ३ करोड १३ लाख भारतीय रूपैँया बराबरको सम्पत्तीको दुरुपयोग गरेको आरोप छ ।
सिबिआई का न्यायाधीश शिवपाल सिंहले बिहारका पूर्व मुख्यमन्त्री यादवलाई भारतीय दण्ड संहिता (आईपीसी) तथा भ्रष्टाचार निवारण अधिनियम उल्लङ्घनका दुई फरक फरक अभियोगमा सात सात बर्ष गरी १४ बर्ष जेल सजाय तोकिदिएको बताए ।
अदालतको यही मार्च १९ मा भएको सुनुवाईले ६९ बर्षीय आरजेडीका प्रभावशाली नेता यादवसहित १८ जनालाई उक्त काण्डमा दोषी ठहर गरेको छ । अदालतले सोही आरोपमा मुद्दा खेपिरहेका बिहारका अर्का पूर्व मुख्यमन्त्री जगन्नाथ मिश्रसहित १२ जनालाई निर्दोष ठहर गरेको छ ।

615 पटक हेरिएको 

