प्रकाशमान सिंहलाई देउवाले कुर्सीबाट उठेर थर्काउँदै भने– ‘किन धेरै बोलेको ?’

काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवा समेत सहभागी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा शीर्ष नेताहरुबीच बाझाबाझ भएको छ ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई देउवाले कुर्सीबाट उठेर ‘किन धेरै बोलेको ?’ छलफल हुँदैछ त’ भनेका थिए । चुनाव समिक्षाका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा ज्ञानेन्द्रबहादुर कार्कीले नेता गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता रामचन्द्र पौडेलपछिको मर्यादाक्रममा राख्ने प्रस्ताव पेश गरे ।

कांग्रेस र प्रजातान्त्रिक एकता हुँदा पौडेलपछि भएकाले उनलाई यो वरियता दिनु पर्ने कार्कीको तर्क थियो । अरु नेताहरुको मर्यादाक्रम भने पछि निर्धारण गर्दै जाने उनको प्रस्ताव थियो । तर, नेता प्रकाशमान सिंह विरोध गरे । सबै नेताको वरियताको प्रस्ताव ल्याउनुपर्ने र केन्द्रीय कार्यसमितिले पास गरेपछि मात्र लागू गर्नु पर्ने उनको माग थियो । उनलाई समर्थन गर्दै नेता बलबहादुर केसीले बोले ।

देउवा पक्षका महेन्द्र यादवले ‘सुशील कोइरालाको पालामा हामीले भनेको सुन्नभो’ भन्दै प्रतिवाद गरेपछि हल्लाखल्ला भयो । एक नेताले भने, ‘नेताहरुबीच विवाद हुनु त स्वभाविक मान्न सकिएला तर, सभापति आफैं कुर्सीबाट उठेर बादविवाद गर्दा निकै नमज्जा लाग्यो ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार