११ चैत, काठमाडौं :- ललितपुरको महालक्ष्मी मन्द्रिर परिसरमा आईतवार सरसफाई लगायतका कार्यक्रम गरिएको छ । लायन्स क्लव अफ काठमाडौ ग्रान्ड सेन्टिनियल लगायतका संघ-संस्थाको आयोजनामा मन्दिर परिसरमा सरसफाई, कुमारी पुजा, रक्तदान, कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा ग्रान्ड सेन्टिनियलका अध्यक्ष सर्जुवावा श्रेष्ठले मन्द्रिर परिसरमा एकै दिनमा ३ वटा कार्यक्रम संम्पन्न भएको बताउनुभयो । उहाले अभिभावक संघ नेपाल, लायन्स कल्व अफ काठमाडौ डाउन टाउन, कर्न्सन, होली स्माईल, हिमालय ब्राम टाउन क्यानडा, वुद्ध शान्ति दिदी वहिनी समुह मिलेर पहिलो पटक यस्तो कार्यक्रम गरिएको बताउनुभयो । उहाले विभिन्न कार्यक्रमले मन्द्रिर सफा हुनका साथै परम्परालाई जगेर्णा गर्न काम गरेको बताउनुभयो ।

कार्यक्रममा अभिभावक संघ नेपालका अध्यक्ष केशव पुरी, कोषाध्यक्ष केदार कार्की, लायन्स क्लवका पुर्व डिस्ट्रिक गर्भनर पंकज प्रधान, पुर्व काउन्सिल चियरम्यान यूके झा, लायन्स दिनेश श्रेष्ठ, वुद्ध शान्ति दिदी वहिनी समुहका अध्यक्ष विनिता रिमाल, हिमालय ब्राम टाउन क्यानडाका अध्यक्ष माधव राज पन्थ, लगायतको उपस्थिती रहेको थियो ।




1511 पटक हेरिएको 

