इयूलाई प्रधानमन्त्री ओलीको चेतावनी- नेपाल सार्वभौम मुलुक हो, हेप्ने काम नगरौं

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान, सामाजिक प्रवन्ध र उपलब्धीलाई अवमूल्यन नगर्न वाह्य समुदायलाई चेतावनी दिनुभएको छ । आईतबार काठमाडौमा नियोकको निर्वाचन पर्यवेक्षण प्रतिवेदन सार्वजनिक गर्दे प्रधानमन्त्री ओलीले नेपाली सार्वभौमिकतामाथि धावा नबोल्न सचेत गराउनुभएको हो । युरोपेली युनियनको निर्वाचन पर्यवेक्षण मिसनले खस आर्यलाई समानुपातिक प्रतिनिधित्वको ब्यवस्थाबाट हटाउन सुझाव दिएपछि प्रधानमन्त्रीको यो भनाई आएको हो ।

ईयूको नाममा सामाजिक प्रवन्ध, संविधान र उपलब्धीहरुलाई अण्डरमाइन गर्ने काम नगर्न चेतावनी दिदै ईयूलाई प्रतिवेदन सच्याउन पुनः आग्रह गर्नुभयो । ईयूको प्रतिवेदन सार्वजनिक भएको भोलिपल्ट नै परराष्ट्र मन्त्रालयले कडा आपत्ती जनाउँदै प्रतिवेदन सच्याउन आग्रह गरेको थियो ।

तर ईयूले प्रतिवेदन सच्याउनुको साटो उल्टै आफ्नो प्रतिवेदनमा उपयुक्त रहेको र सुझाव मान्ने/नमान्ने अधिकार नेपाल सरकारको रहेको बताएको थियो । निर्वाचन पर्यवेक्षण गर्न आएको ईयूका केही सदस्य धर्मको प्रचारमा लागेको खुलेपछि तिनलाई फिर्ता गरिएको प्रतिशोध प्रतिवेदनमा साधिंएको भन्दै त्यो अनुचित भएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार