काठमाडौं । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन पर्यवेक्षण प्रतिवेदनमा युरोपेली युनियन (इयू) को धारणाबारे सांसदहरुबीच मतविभाजन भएकाे छ ।
सोमबार बसेको संसद् बैठकमा इयूले प्रतिवेदनमा समावेश गरेको विषयलाई लिएर सत्तापक्षका सांसदले विरोध गरेका छन् भने मधेसकेन्द्रित दलले समर्थन गरे ।
नेकपा एमालेका सांसद भीम रावलले युरोपेली युनियनले नेपालको सार्वभौम अधिकारमाथि हस्तक्षेप गर्दै प्रतिवेदन पेश गरेको भन्दै विरोध गरे ।
तर मधेसकेन्द्रित दल राजपा नेपालका सांसद लक्ष्मणलाल कर्ण र संघीय समाजवादी फोरमका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले व्यापक असन्तुष्टिका बीच संविधान जारी भएको भन्दै इयूको धारणाको बचाउ गरे ।
कुनै पनि देशका नागरिकलाई परेको अन्यायको विषयमा इयू जस्तो संस्थाले बोल्न पाउने दाबी गर्दै उनीहरुले संविधान संशोधनमार्फत आफ्ना माग सम्बोधन हुनुपर्ने बताए ।

571 पटक हेरिएको 

