काठमाडौँ । विश्व क्रिकेटको सबैभन्दा ठूलो एव व्यावसायिक प्रतियोगिता मानिएको इण्डियन प्रिमियर लिग (आइपिएल ) खेल्न राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने मङ्गलबार त्यसतर्फ प्रस्थान गर्न लागेका छन् ।
दिल्ली डेयरडेभिल्स क्लबमा आबद्व १७ वर्षीय लेग स्पिनर लामिछाने नेपाली क्रिकेट इतिहासमा आइपिएल खेल्ने पहिलो नेपाली हुन् । दिल्ली डेयरडेभिल्सले २० लाख भारतीय रुपियाँमा खरिद गरेका लामिछानेले साेमबार भएकाे पत्रकार सम्मेलनमा आइपिएलमा नेपालका तर्फबाट सहभागी हुन पाउँदा खुशी लागेको बताए ।
क्रिकेटर लामिछानेले आफ्ना लागि नयाँ प्रतियोगिता भएकाले पनि यस प्रतियोगिताबाट सिकेको ज्ञानलाई नेपाली क्रिकेटमा लागु गरिने बताए । आइपिएल आगामी अप्रिल ७ देखि मे २७ तारिखसम्म सञ्चालन हुनेछ ।

379 पटक हेरिएको 

