पोखरा । प्रदेश नं ४ को प्रदेशसभा बैठकले प्रदेशको राजधानी एवं नामाङ्कनका लागि समिति गठन गरेको छ ।
समितिमा धनञ्जय दवाडी, मीनप्रसाद गुरुङ, भगवतप्रकाश मल्ल, विन्दुकुमार थापा, दीपक कोइराला, चन्द्रबहादुर बुढा, कृष्ण थापा र हरिशरण आचार्य तथा प्रदेशसभाका सचिव पदेन सदस्य सचिव रहनेछन ।
समितिको कार्यावधि समितिले काम शुरु गरेको मितिले एक महिना हुने जनाइएको छ । प्रदेशसभाको अर्को बैठक मंगलबार बिहान ११.०० बजे बस्नेछ ।

460 पटक हेरिएको 

