काठमाडौँ । नेपालको संसदीय इतिहासमै पहिलोपटक संसदमा सांसद र प्रधानमन्त्रीका बीचमा प्रत्यक्ष प्रश्नोत्तर हुने व्यवस्था संसद नियमावलीमा प्रस्ताव गरिएको छ । प्रस्तावित मस्यौदामा प्रत्येक महिनाको पहिलो र तेस्रो हप्ताको पहिलो बैठकमा सांसदहरुले जनतासँग प्रत्यक्ष जोडिएका विषयमा प्रधानमन्त्रीलाई प्रश्न सोध्ने र तत्कालै प्रधानमन्त्रीले त्यसको जवाफ दिनुपर्ने व्यवस्था गरिएको छ ।
प्रधानमन्त्रीले महिनाको २ पटक प्रश्नोत्तरमा सहभागी हुनुपर्ने व्यवस्था राखिए पनि मन्त्रीहरुले भने हरेक दिन सांसदहरुको प्रश्नको जवाफ दिनुपर्ने मस्यौदामा प्रस्ताव गरिएको छ । हरेक दिनको संसद बैठकको कार्यसुचीका विषयमा छलफल हुनुभन्दा पहिला सांसदहरुले मन्त्रीहरुसँग प्रश्न गर्ने र मन्त्रीहरुले त्यसको जवाफ तत्कालै दिनुपर्ने व्इवस्था प्रस्ताव गरिएको छ ।

739 पटक हेरिएको 

