प्रधानमन्त्री अाेलीले नयाँ वर्षमा देशवासीलाई राराबाट सम्बोधन गर्ने

काठमाडौंँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा तालबाट वैशाख १ गते देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

कर्णाली प्रदेशले आयोजना गर्ने ‘पर्यटन वर्ष २०७५’ को उद्घाटन गर्न अाेली रारा ताल जाने र सोही स्थानबाट देशवासीलाई सम्बोधन गर्ने भएका हुन् ।

नेपाल ट्रेड यूनियन महासंघ (जिफण्ट)को सातौ महाअधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशले आयोजना गरेको पर्यटन वर्ष २०७५ को पहिलो पर्यटक अाफै हुने भन्दै राराबाट यसपालि पर्यटनको बिगुल बजाउने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार