बेइजिङ । उत्तर कोरियाली नेता किम जोङ उनले चीनकाे भ्रमण गरेको पुष्टि गरेको छ ।
भ्रमणमा रहेका उनले चिनियाँ राष्ट्रपति सि चिनफिङबीच राजधानी बेइजिङमा भेटवार्ता समेत गरेका छन् ।
बुधबार चिनियाँ सरकारी समाचार समिति, सिन्ह्वाले किम बेइजिङमा रहेकाे र चिनियाँ राष्ट्रपति सिले उनलाई बेइजिङस्थित ग्रेट हल अफ चिनियाँ पिपुल्स काँग्रेसमा विशेष सम्मान र स्वागत गरेकाे बताएको छ ।
यसअघि मङ्गलबार नै विश्वका सञ्चारमाध्यमले उत्तर कोरियाली नेता किम सुटुक्क बेइजिङ पुगेकाे समाचार सार्वजनिक गरेका थिए ।
यो समाचार पहिलो पटक जापानी सञ्चारमाध्यमले उत्तर कोरियाली नेता किम रेल चढेर सुटुक्क चीनको राजधानी बेइजिङ पुगेको समाचार प्रकाशन, प्रशारण गरेकाे थियाे ।

504 पटक हेरिएको 

