राष्ट्रपतिद्वारा संघीय संसदकाे संयुक्त बैठकलाइ पहिलाेपटक सम्बाेधन

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गरेकि छन् ।

निर्वाचनपछि पहिलाेपक दुवै सदनको पहिलो ऐतिहासिक बैठकलाई उनले सम्बोधन गरेकि हुन् । संसद् बैठकस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रपति बग्गीको कारगेडसहित आउँदा प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनालगायतले स्वागत गरेका थिए ।

राष्ट्रपति भण्डारीलाइ नेपाली सेनाले सलामी अर्पण गरेको थियो । संसद् सचिवालयले सम्मेलन केन्द्रको परिसरलाई राष्ट्रिय झण्डा र ध्वजाबाट सजाइएको थियाे

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार