भरतपुर महानगरले बढायो २ हजार प्रतिशतसम्म कर

चितवन । भरतपुर महानगरपालिकाले दुई हजार प्रतिशतसम्म कर बढाएपछि विरोध शुरू भएको छ । कर बृद्धि अस्वभाविक रूपले नगर्न व्यवसायीले आग्रह गरेपनि महानगरपालिकाले कर न्यून भएको भन्दै दुई हजार प्रतिशतसम्म कर बढाएको हो ।

महानगरपालिकाले ज्यासल वा आरन राखी काँस, पित्तल तामाको भाडा बनाउनेलार्ई रू ५०० बाट बढाएर रू १० हजार, एक हजार वार्षिक तिर्दै आएका मैदा उद्योगलाई २० हजार, एक हजार तिर्ने प्राविधिक तथा व्यावसायिक शिक्षालयलाई  २० हजार पुर्याइएको छ ।

त्यस्तै पेट्रोलपम्पले २५ हजार, ह्याचरी उद्योगले छ हजारबाट ३० हजार कर तिर्नुपर्ने भएकाे छ । त्यस्तै पेन्टस् उद्योगले  चार हजार ५०० बाट ५० हजार, सिनेमा हलले दुई हजारबाट २५ हजार,र सिसा पसलले एक हजार ५ सयबाट २० हजार कर तिर्नुपर्ने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार