काठमाडौं । सरकारले वर्तमान आर्थिक अवस्था तथा अागामी योजना रणनीति समेटिएको श्वेतपत्र जारी गरेको छ ।
शुक्रवार अर्थन्त्रालयमा सार्वजनिक गरिएको श्वेतपत्रमा सरकारकाे ढुकटी करिब करिब रित्तिएकाे र अहिलकेा अबस्थमा दाहाेराे अंककाे अार्थिक वृद्धिदर हासिल हुननसक्ने उल्लेख गरिएकाे छ ।
आन्तरिक आयको ९० प्रतिशतभन्दा बढी अंश उपभोगमै खर्च हुने, उत्पादन लागत र अायात बढ्दा व्यापार घाटा बढ्दै गएको श्वेतपत्रमा छ ।
राजस्वले चालू खर्च धान्न सक्ने स्थिति नभएको, उद्योग क्षेत्र प्रतिस्पिर्धी बन्न नसकेको, उत्पादन क्षेत्र संकुचनमा परेकाले रोजगारीका अवसर कुण्ठित हुँदै गएको, कृषिलाई आधुनिकरण या व्यवस्थित गराउन नसक्नु लगायत विभिन्न कारण अर्थतन्त्रको अवस्था दयनीय रहेको मन्त्रालयले सार्वजनिक गरेकाे श्वेतपत्रले देखाएको छ ।
निरन्तर अाेरालाे लागेकाे शेयर बजारका बारेमा समेत स्वेतपत्रमा उल्लेख गरिएकाे छ । ‘पूँजी बजार कारोबारमा यथार्थ सूचना सम्प्रेषणको अभाव, पारदर्शिताको कमी तथा लगानीकर्ताहरू र खासगरी साना लगानीकर्तामा शेयर लगानी सम्बन्धी ज्ञानको कमीले शेयर मूल्य मापन गर्ने नेप्से सूचकांकमा उच्चदरको उतारचढाव आउने गरेको छ’, श्वेतपत्रमा उल्लेख गरिएकाे छ ।

1372 पटक हेरिएको 

