काठमाडौं । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन भएको छ। भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारत रहेका नेता खड्काको आज साँझ निधन भएको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेता खड्काको निधन भएको पुष्टि गरेका छन्। खड्का २०४८, ०५१ र ०५६ मा तीन पटक दाङबाट प्रतिनिधिसभाको सदस्य भएका थिए। पूर्व गृहमन्त्रीसमेत रहेका खड्का २०४८ देखि २०५८ सालसम्म ८ पटक मन्त्री भएका थिए।

400 पटक हेरिएको 

