काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने राजकीय भ्रमणका लागि चैत २३ गते भारत जाने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा भारत जान लागेका प्रधानमन्त्री ओलीको भ्रमण तीन दिनको हुनेछ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री मोदीलगायतसँग भेटघाट गर्नेछन्। प्रधानमन्त्री ओली उत्तराखण्ड पनि जानेछन्।
उनी २५ गते स्वदेश फर्किने कार्यक्रम छ। प्रधानमन्त्री बनेपछि ओली पहिलो विदेश भ्रमणमा जान लागेका हुन् ।

671 पटक हेरिएको 

