काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राजनीतिक मजाक नगर्न नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई चेतावनी दिएका छन् ।
उनले भने– ‘केपी ओलीलाई वारेन्ट जारी अरे । कुन्नी कुन गाउँमा सात दिनभित्र हाजिर हुन आउनू’ शनिबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘म विप्लवलाई यसप्रकारका राजनीतिक मजाकहरु नगर्न सुझाव दिन चाहन्छु ।’
उनले अघि भने, ‘अलि बढ्ता भो क्या ।’ प्रधानमन्त्री ओलीले अघि भने, ‘चन्दा उठाउनका लागि सिद्धान्त र क्रान्तिका गफ दिने ?’
ठट्टा मजाक गर्ने हो भने मदनकृष्ण हरिवंश, धुर्मुस सुन्तलीको प्रहसनमा सहभागी हुन आग्रह गरे । उनले भने, ठड्टा मजाक गर्ने भए मदनकृष्ण हरिवंशजीहरु सँग आए हुन्छ । म पनि सिफरिस गरिदिन्छु । धुर्मुस सुन्तलीलाई पनि भनिदिउँला ।’

825 पटक हेरिएको 

