अवैध रुपमा भित्रिएका मोबाइल फोन बन्द गराउँछुः मन्त्री बास्कोटा

काभ्रे । सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले नेपालमा रहेका कुल फोनमध्ये २० प्रतिशत राजस्व नतिरी सञ्चालनमा रहेको भन्दै अबैध रुपमा भित्रिएका मोबाइल फोनहरु तत्काल बन्द गर्ने बताएका छन् ।

उनले अब आईएमई आई नम्बर दर्ता गरेर मात्रै फोन चलाउने प्रावधान लागू गर्ने भन्दै मोवाइल सेट कम्पनीहरुलाई हरुलाई राजश्वको दायरामा ल्याएरै छाड्ने दाबी गरे । ‘मोवाइल सेटहरुलाई राजश्वको दायरामा ल्याउने काम अगाडि बढिसकेको छ ।’ राज्यमन्त्री बास्कोटाले भने, अनाधिकृत रुपमा हुने प्रयोग रोकेर ५ अर्ब देशलाई फाइदा पुर्‍याउने हाम्रो लक्ष्य हो’

नेपालमा वाषिर्क २५ अर्बको मोवाईल सेट कारोबार हुन्छ भने झण्डै ५ अर्बका मोबाइल सेटको अबैध कारोवार हुने गरेको तथ्यांक छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार